Ashok Sharma

सुस्केरा अंशु, म फगत एक भ्रम हुँ ! चिया र पुस्तक मेरा आदत हुन् ! जिन्दगी एक सर्को चुरोट हो जसलाई म तानिरहेको छु ! मित्र चौतारी-स्याङ्जा बुटवल हुँदै काठमान्डु -- !!साहित्य राजनिति र कानुन रुचिका विषय हुन् !!

Sunday, February 14, 2021

कमरेड पुजिँवाद त्यागौ !

February 14, 2021 2


 




-अशोक सुस्केरा


किनारमा उभिएर गीत लेख्नेहरू को हुन् ?
बेचिएका फूलहरू कहाँ पुगे ?
टल्काइएका जुत्ताहरू कहाँ पुगे ?
किन सधैं किनारमै छन् यिनीहरू ?
मलाई पटक पटक कममेडको
चरम बिकास याद आउछ
तपाईलाई थाहा छ
गणतन्त्रका राजाहरूले
देश चुसेर
सुकेनास लागेको लौका
जस्तो बनाईसके

अझै पनि बोलिले बिकास हुन्छ र ?
आगो नबाली
तावा तात्दैन
तावा नताति बिड तात्दैन
कमरेड
एकपटक सबै सबै
काण्ड जरा रूख हागा सबै
समाउ न
न क्याखि च्याप्नु न मुटु छाम्नु
आउनुस् र लगाईदिनुस्
अधिनायकवाद बरू म
छेउमा बसेर ताली बजाउला ।।